सहकारी अर्थतन्त्रको महत्वपूर्ण खब्बा हो भनेर नबुझ्ने धेरै छन् : अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा सहकारी विभागका प्रमुख खगराज अधिकारीले राजनैतिक दलहरूभित्र सहकारी अर्थतन्त्रको महत्वपूर्ण खब्बा हो भनेर नबुझ्ने धेरै भएको बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित ‘प्रथम सहकारी रोजगार मेला’को समापन समारोहमा उनले सो बताएका हुन् ।
उनले भने, ‘संविधान मिचेर ठाडै बोल्नेहरू पनि छन् । संविधान आफैले बनाउने त्यसलाई कच्याककुच्युक पार्ने नेता पनि छन् ।’
नेपालमा सञ्चालनमा रहेको झण्डै ३२ हजार सहकारीमध्ये ५०/६० वटामा अनियिमता देखिएको उल्लेख गर्दै उनले । नेतृत्व तहमा रहेका मान्छेले गलत काम बताए ।
उनले सहकारी संस्थाहरुमा नराम्रो गर्न खोज्नेहरु टिक्न नसक्ने उल्लेख गरे । केही सहकारी संस्थाहरुले नराम्रा पनि गरेका छन् । गलत कामको ढाकछोप गर्न जो जो लाग्नु हुन्छ उनीहरुलाइ कारबाही हुनुपर्छ । सहकारी बढिरहने भएकाले सहकारी ढुक्कले अगाडी बढ्छ । सहकारीमा नराम्रो काम जसले गर्छ उ सहकारीमा टिक्न सक्दैन ।’
त्यस्तै, उनले सरकारले सहकारीको अनुगमन नगरेको समेत आरोप लगाए । उनले भने, ‘अनुगमनको काम सरकारले नै गरेको छैन । सहकारीको बदनाम गराउनेहरु कहिले पनि यस क्षेत्रमा नफर्किनु होला । यस क्षेत्रलाइ राम्ररी अगाडी बढ्न दिनु होला ।‘
उनले सहकारी स्वच्छ अभियानबाट चल्नुपर्ने बताए ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया