एनआईसी एशिया बैंक पीसीएएफ सदस्य चयन
काठमाडौं । एनआईसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)को सदस्य चयन भएको छ । विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि छनोट हुनु खुसीको कुरा भएको बैंकले जनाएको छ ।
६ महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग एकाउन्टिङ फाइनान्सियल उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया(प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ। एकाउन्टिङ फाइनान्सियलसँग पङ्क्तिबद्ध भएर आफ्नो कार्बनको पारदर्शी मूल्याङ्कनमार्फत् वातावरणीय दिगोपनप्रति आफू प्रतिबद्धता रहेको छ ।
‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सर्दै गएकाले, एनआईसी एशिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु(मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ,’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।
एनआईसी एशिया बैंक देशका सबै प्रमुख वित्तीय केन्द्रहरू समेट्ने बृहत् नेटवर्कको साथ नेपालको सबैभन्दा ठूलो बैंकिङ संस्थाहरूमध्ये एक हो। हाल बैंकले ३६० वटा शाखा कार्यालय, ६७१ एटिएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ्ग ईकाई संचालनमा छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया