साउदी अरबमा हज यात्रा गर्ने एक हजारभन्दा बढीको गर्मीले मृत्यु

साउदी अरब । साउदी अरबले हज तीर्थयात्राको क्रममा एक हजार ३०१ जनाको मृत्यु भएको आइतबार जनाएको छ । गर्मीको तनाव र अनधिकृत यात्राका कारण पाँचमध्ये चार जनाको मृत्यु भएको साउदी अधिकारीलाई उद्धृत गरी समाचारमा जनाएको छ ।
साउदी सरकारले ‘साउदी अरबको स्वास्थ्य सेवा तथा सुविधाले यस वर्ष गर्मीको कारण विरामी परेका धेरै मामिलालाई सम्बोधन गरेको तथा केही व्यक्तिहरू अझै पनि हेरचाहमा रहेको जनाउदै दुर्भाग्यवस, मृतृकको सङ्ख्या एक हजार ३०१ पुगेको जनाएको छ ।
मृत्यु हुनेमध्ये ८३ प्रतिशत ‘अनधिकृत रुपमा’ हज गर्न गएका थिए । उनीहरूमध्ये धेरैले पर्याप्त आश्रय वा आराम बिना, सूर्यको तातो्र प्रकाशमा लामो दूरी पैदल हिँडेको साउदी अरबका सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति अनुसार मृतकमध्ये ‘धेरै वृद्ध र दीर्घ बिरामी व्यक्ति’ रेहेका छन् भन सबै मृतकको परिवार पहिचान गरिएको छ । यस वर्षको हज तीर्थयात्राका क्रममा सयौँको मृत्यु र घाइते हुनुको मुख्य कारण चरम गर्मी रहेको उल्लेख गरिएको छ । सोमबार मक्काको तापक्रम रेकर्ड १२५ डिग्री फरेनहाइट पुगेको थियो । अनौपचारिक तीर्थयात्रीको सङ्ख्याले समस्या बढाएको अधिकारीले बताएका छन् ।
साउदी अरबले प्रत्येक तीर्थयात्रीलाई हजका लागि पवित्र शहर मक्कामा कानुनी रूपमा पहुँच विस्तार गर्न १८ लाख व्यक्तिलाई मात्र यात्राका लागि अनुमति दिएको थियो ।
यसैबीच, तीर्थयात्रीले यस वर्षको हज तीर्थयात्राको लागि कमजोर पूर्वाधार व्यवस्थापन भएको भनी साउदी अधिकारीको आलोचना गरेका छन् । आधिकारिक भ्रमणमा रहेका तीर्थयात्रीले पनि आफ्नो दिनको ठुलो हिस्सा भीषण गर्मीमा बाहिर हिँडेर बिताएको बताए । सिएनएनसँग कुरा गर्दै, केही प्रत्यक्षदर्शीले उनीहरूले उपासकहरूलाई बेहोस भएको र सेतो कपडाले ढाकिएको देखेको बताएका छन् ।
सरकारलाई आफ्नो राष्ट्रको कोटाको हिस्साको रूपमा मक्कामा दर्ता भएका र भ्रमण गरेका तीर्थयात्रीहरूको बारेमा मात्र थाहा भएकाले यस वर्षको हजमा मृत्युको कुल सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया