नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक बस्दै
काठमाडौ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ ।
बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ ।
बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान आइपुगेका थिए ।
परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुनेछन् । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री सुनले गर्नेछन् ।
भ्रमणका क्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गने कार्यक्रम छ । उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी भोलि असार १२ गते काठमाडौँबाट प्रस्थान गर्ने छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया