प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री
लिस्बन । प्रवासी नेपाली मञ्च, पोर्चुगलको छैटौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनबाट दीपक खत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाईं, सचिवमा मिलन रेग्मी तथा उपसचिवमा प्रकाश तामाङ र मञ्जु अधिकारीलाई चयन गरेको छ । यस्तै, सदस्यमा यज्ञप्रसाद डुम्रे, पुरन घर्ती, नवीनकुमार थापा, राजेन्द्रप्रसाद डुम्रे, राजन कार्की, सुनिल बन्जरा, सङ्गीता शर्मा सिलवाल, हेमन्त केसी, शिवसागर बुढाथोकी, कमल बस्नेत, सुमन सिलवाल, चित्रप्रसाद सुवेदी, सुरज विष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुवेदी, भक्त सिंह, माया खरेल र यामबहादुर पुर्कोटी सर्वसम्मत चयन गरेको छ ।
मञ्चका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, केन्द्रीय सदस्य गोविन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुङ्गाना, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्कालगायतको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया