देशका विभिन्न स्थानमा बाढी र पहिरो, २ को मृत्यु, ४ जना बेपत्ता, ३ घर बगायो
काठमाडौं । गएराति परेको अविरल वर्षाले बाढी र पहिरो निम्त्याउँदा देशभर अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । ३ घर बगाएको छ ।
कास्कीको मादी गाउँपालिकामा पहिरोमा परेर ३ बालिकाको मृत्यु भएको छ भने १ जना घाइते छन् । मृत्यु हुनेमा १३ वर्षीया आयुष्मा रानाभाट र पोखराकी ३ वर्षीय अनमोल सुनार छन् । हजुरआमासँगै सुतेकी आयुष्माको घरमाथिबाट खसेको पहिरोमा परेर मृत्यु भएको हो । हजुरआमालाई भने उद्धार गरेर अस्पताल लगिएको छ ।
त्यस्तै, पोखरा–२७, आरुपाटाका ३१ वर्षीय हरि सुनारको घर पुरिँदा उनका ३ वर्षीय छोरा अनमोलको मृत्यु हुनुका साथै उनकी श्रीमती घाइते भएको प्रहरीले जनाएको छ ।
उता, लमजुङमा पहिराले तीन घर बगाउँदा चार जना बेपत्ता भएका छन् । क्वहोलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरोले घर बगाउँदा चार जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, लमजुङले बुधबार बिहान घटनाको जानकारी आएलगत्तै घटनास्थलतर्फ सुरक्षाकर्मी पठाइएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
पृथ्वी राजमार्ग भासिँदा आवागमन प्रभावित
वर्षाले पृथ्वी राजमार्ग भासिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ स्थित चाउथेको सडक खण्ड बुधबार बिहान भासिएको हो ।
सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । जिल्ला प्रहरी कास्कीले अहिले सवारी आवागमन एकतर्फी भइरहेको र त्यसलाई हटाएर दुईतर्फी बनाउने प्रयास भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया