NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

रास्वपाका प्यूठान अध्यक्षले दिए राजीनामा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्यूठान अध्यक्ष सुमन सुवेदीले राजीनामा दिएका छन् ।

रास्वपा गठनको केही समयपछि प्यूठान जिल्लाको नेतृत्वमा आएका सुवेदीले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै सुवेदीले आफू रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहेको उल्लेख गरेका छन् ।

आशा गर्नेहरूबाट निराशा भेटिँदा केही गर्न नसकेकाले यस्तो कदम रोजेको उनको भनाइ छ । ‘यो नै मेरो सबैभन्दा ठूलो कमजोरी रह्यो,’ उनले लेखेका छन्, ‘यो कमजोरी बोकेर म पार्टीको नेता बन्न चाहिनँ ।’

देश सिँगार्न बोलेर मात्र नभई कर्ममै फरकपना ल्याउनुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष