NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ५ गते

सेमिफाइनलमा अफगानिस्तानले लय समातेन, दक्षिण अफ्रिका फाइनलमा

काठमाडौं। आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा अफगानिस्तानले खराब प्रदर्शन गरेको छ । सेमिफाइनलमा अफगानिस्तान निरीह बन्दा दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार बिहान सम्पन्न खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले फाइनल याात्रा तय गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका ब्याटर नचल्दा ११.५ ओभरमा मात्रै ५६ रन जोडेर अलआउट भए । जुन सहज लक्ष्यलाई दक्षिण अफ्रिकाले ८.५ ओभरमा सहजै भेट्टायो ।

टी–२० विश्वकप क्रिकेटमा यो अफिगानिस्तानको पहिलो फाइनल यात्रा हो ।