NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

त्रिविका तीन उप-प्राध्यापकलाई स्पष्टीकरण

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका तीन उप-प्राध्यापकलाई स्पष्टीकरण साेधिएकाे छ ।

बिदा सकिएकाे लामाे समयसम्म सम्पर्कमा नआएपछि त्रिविले ती उप-प्राध्यापकलाई स्पष्टीकरण साेधेकाे हाे ।

स्पष्टीकरण साेधिएकामा लक्ष्मीप्रसाद ओझा, जगदीश पाैडेल र अलंकार काफ्ले छन् ।

नियम मिचेर लामाे समय गैरहाजिर रहेकाले त्रिवि शिक्षक कर्मचारी नियम, २०५० अनुसार कारबाही प्रक्रिया थालिएकाे त्रिवि कर्मचारी महाशाखाकाे भनाइ छ ।