NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

ओली–देउवा संवाद बढेपछि प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । सोमबार साँझ उनले बैठक बोलाएका हुन्।
केही दिनयता कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद बढीरहेका बेला प्रचण्डले बैठक बोालाएका हुन् ।

शनिबार मात्र ओली निवासमा देउवा र ओलीबीच २ घन्टा लामो छलफल भएको थियो । सो भेटमा देउवाले एमाले र कांग्रेस मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

ओलीले पनि यथास्थितीमा देश अघि बढ्न सक्दैन भन्ने भाषण गरेका छन् । जसकारण राजनीति तरंगित बनेको छ ।

यता प्रधानमन्त्री सचिवालयका एक अधिकारीले भने मन्त्रिमण्डल हेरफेर गर्नका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको बताए । नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । त्यसका लागि केही मन्त्रीहरु हट्ने सम्भावना छ ।

कतिपय नियुक्तिका विषयमा समेत पछिल्लो समय ओली र प्रचण्डबीच विवाद बढीरहेको छ । जसकारण वर्तमान सरकारको भविष्यमाथि प्रश्न उठिरहेका बेला प्रचण्डले मन्त्रिमण्डल हेरफेर र विस्तार गर्न लागेका हुन् ।