NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक आह्वान गरेका छन् । एमालेसँग सत्तासहकार्य गरेर अघि बढ्ने नयाँ राजनीतिक परिस्थितिमाझ देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

अहिले बिहान ९ बजे देउवानिवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा एमालेसँग भएको सहमति अनुमोदनको एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् ।

एमाले र कांग्रेसबीच गएराति दुई दलले आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्नेलगायत विषयमा सहमति जुटेको छ । त्यस्तै, प्रदेश सरकार सञ्चालन सम्बन्धमा पनि दुई दलबीच समझदारी बनेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष