प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते
![प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २१ गते](http://nepalwatch.com/wp-content/uploads/2023/04/election-commision.png)
काठमाडौँ । संङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग यही असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ ।
समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा आज बसेको बैठकले २० गते उनीविरुद्धका उजुरीकर्ता र २१ गते प्रधानसँग छलफल गर्ने कार्यतालिका तय गरेको हो ।
उनीविरुद्ध चार उजुरी परेका छन् । यही असार ७ गते अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको थियो ।
गत असार २ गते संवैधानिक परिषद्ले निर्वाचन पर्यवेक्षण विज्ञ प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संवैधानिक व्यवस्थाअनुरुप संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।
नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थायी घर भएका प्रधान आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) का महासचिव तथा ग्रामीण विकास प्रतिष्ठानका अध्यक्ष छन । उनी संलग्न संस्थाले निर्वाचन सुशासन, कानुनी शासन, मानवअधिकार तथा समावेशी लोकतन्त्रका विषयमा नेपाल सरकार, सङ्घीय संसद्, न्यायपालिका, नागरिक समाज तथा विकास साझेदारसँग सहकार्य गर्दै आएको छ ।
ताजा अपडेट
-
मुकुल ढकालको प्रतिवेदनले भन्छ-रास्वपा ‘डम्पिङ साइट’ भयो
-
गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित
-
मेयर, उपमेयर र प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
प्रतिक्रिया