NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन् ।

“राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष