NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

नेपाल प्रहरीका एआइजी जोशीको अवकाश

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट सेवानिवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीलाई शुभकामना सहित हार्दिक बिदाइ गरेका हुन् ।
बुधबारदखि सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण असार १९ गते अवकास हुन लागेका हुन् । ३० वर्षे सेवाकालमा जोशी कुनै विवादमा नपरेका अधिकृत हुन् ।
उनको स्थानमा डिआइजी पोषराज पोखरेलको बढुवा सिफारिस भइसकेको छ । पोखरेलले पनि २१ असारदेखि अवकाश पाउनेछन् ।