NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २० गते

बुधबारसम्म कुर्सी छाड्न प्रचण्डलाई ओलीको ‘अल्टिमेटम’ !

काठमाडौं । नेकपा(एमाले)ले बुधबारभित्र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आह्वान गरेको छ । एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
एमाले राजीनामा दिएर नयाँ सरकार गठन गर्न प्रचण्डलाई आग्रह गरेको हो । यद्यपी प्रचण्डले राजीनामा नदिने बताएका छन् ।उनले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । त्यसो गरेमा उनको सत्ता यात्रा अझै एक महिना लम्बिन सक्छ । एमाले नेताहरुले भने प्रचण्डले राजीनामा नदिए अन्य प्रक्रियाबाट हटाइने धम्की दिएका छन् ।
कांग्रेस र एमालेले गठबन्धन गरेर सरकार बनाउने सहमति गरेका छन् । जसअनुसार पहिलो चरणमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । तर, प्रचण्डले सहजै सत्ता हस्तान्तरण नगर्ने र सकेसम्म वैकल्पिक गठबन्धन बनाउने उनको रणनीति छ ।
एमाले सचिवालय बैठक निर्णय
१. एमाले र नेपाली कांग्रेसको सहमति अनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागि भई राजनीति स्थायीत्वमा योगदान गर्न संसदमा रहेका सबै दलहरुलाई आव्हान गर्ने ।
२. नेकपा एमाले र नेपाली कांग्रेसका विचमा भएको सहमति अनुरुप अब संबिधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलीसम्ममा मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने ।