रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रधानमन्त्रीलाई सघाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नबुझाइ बालुवाटारबाट त्यत्तिकै फर्केका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले मन्त्रीहरूलाई राजीनामा गर्न लगाउने निर्णय गरेपछि रास्वपाका मन्त्रीहरू केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । तर प्रधानमन्त्रीसँगको भेटपछि उनीहरू राजीनामा नगरी त्यसै फर्किएका छन् ।
स्रोतका अनुसार, प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने आग्रह गरेकाले रास्वपाका मन्त्री राजीनामा नदिई फर्किएका हुन् ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रवि लामिछाने उपप्रधान तथा गृह, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद, डोलप्रसाद अर्याल श्रम र सुमना श्रेष्ठ शिक्षा मन्त्री छन् ।
एमालेले माओवादीसँगको सत्तासहकार्य छाडेर कांग्रेससँग गठबन्धन गरेपछि प्रचण्ड नेतृत्वको सरकार विघटनको सम्मुखमा पुगेको छ । एमालेका मन्त्रीले बुधबार नै सामूहिक राजीनामा बुझाए पनि प्रधानमन्त्री प्रचण्ड भने तत्काल राजीनामा नदिने बरु विश्वासको मत लिने मनस्थितिमा छन् ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया