मुकुल ढकालको प्रतिवेदनले भन्छ-रास्वपा ‘डम्पिङ साइट’ भयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल जुन प्रतिवेदनका कारण पार्टीको कारवाहीमा परेका थिए उनी आफैंले उक्त प्रतिवेदन सार्वजनिक गरेका छन् ।
आज ह्वाट्सएप ग्रुपमार्फत उनले ३३ पेज लामो उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा पार्टीको जनमत घट्दै गएकोदेखि पार्टीमा ग्यालेक्सी टिभीका मान्छे धेरै भएको र रास्वपा अन्य पार्टीको ‘डम्पिङ साइट’ भएको विषय समेटिएको छ । ३३ पृष्ठको उक्त प्रतिवेदनमा महामन्त्री ढकालले रास्वपाले अन्य दलसँग भन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै सहकार्य गरेर जान सकिने सुझावसमेत दिएका छन् ।
बुधबार बसेको पार्टी केन्द्रिय सदस्यको बैठकमा मुखमा टेप टाँसेर प्रस्तुत भएका ढकालले उक्त प्रतिवेदन पार्टीभित्र छलफल नहुँदै सार्वजनिक गरेको भनेर कारवाहीसमेत भोगिसकेका छन् ।
उक्त बैठकमा यस प्रतिवेदनबारे छलफल हुँदा मुखमा मास्कसहित टेप टाँसेर बसेका ढकाल केही जवाफ नदिइ बैठकबाट निस्किए । उनको यस गतिविधिको सबै केन्द्रीय सदस्यहरूले विरोध गरेका थिए । हाल पार्टीले उनलाई निलम्बित गरेको छ ।
पार्टीबाट निलम्बनमा परेका ढकाल आफैंले सार्वजनिक गरेको उक्त प्रतिवेदन पढौंः
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया