एआइजीमा बढुवा सिफारिस भएर पनि जसले डिआइजीमै अवकाश पाए
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा सिफारिस भएर पनि नेपाल प्रहरीका पोषराज पोखरेलले नायब महानिरीक्षक(डिआइजी)बाटै अवकाश पाएका छन् । मन्त्रिपरिषद्ले बढुवाको निर्णय नगर्दा उनीमाथि अन्याय भएको हो ।
गत १० असारमा उनको बढुवा सिफारिस भएको थियो । एआइजीको बढुवाको निर्णय मन्त्रिपरिषद्बाट हुनुपर्छ । बिहीबार मन्त्रिपरिषद् बैठक बसेपनि उनको बढुवाको प्रस्ताव पेश भएन । अल्पमतमा परेको सरकारले बढुवा गर्दा प्रश्न उठ्न सक्ने भन्दै गृहमन्त्री रवि लामिछानले मन्त्रिपरिषद्मा प्रस्ताव नलगेका हुन् ।
२०५१ सालमा इन्सपेक्टर पदबाट भर्ना भएका उनले उमेरहदका कारण अवकाश पाएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उनको बिदाई गरेको छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया