पोर्चुगल स्तब्ध, फ्रान्स सेमिफाइनलमा
काठमाडौं । युरोकप २०२४ मा फ्रान्ससँग पोर्चुगल स्तब्ध बनेको छ । योसँगै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
जर्मनीको ह्यामबर्गमा सम्पन्न क्वार्टरफाइनलमा निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि ३० मिनेट थप गरिएको थियो । यसमा पनि कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेकोमा फ्रान्स ५–३ ले विजयी भयो ।
फ्रान्सका पाँच वटै खेलाडीले औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले ऊवलले पेनाल्टी सदुपयोग गर्दै गरे। तर पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले मात्र गोल गर्न सके । जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किनु पोर्चुगलका लागि दुर्भाग्यपूर्ण रह्यो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया