जुनमा बङ्गलादेशको मुद्रास्फीति स्थिर
एजेन्सी । बङ्गलादेशको मुद्रास्फीति जुन महिनामा केही कम भए पनि उपभोक्ता मूल्य निरन्तर उच्च रहेकाले दोहोरो अंकको हाराहारीमा रहेको छ ।
बङ्गलादेशको तथ्याङ्क विभाग (बीबीएस) को पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फीति मे महिनाको तुलनामा जुनमा मुद्रास्फीतिमा सामान्य कमी भएको अर्थात् ९।८९ प्रतिशतबाट ९।७२ प्रतिशतमा झरेको छ ।
बीबीएसले सार्वजनिक गरेको उपभोक्ता मूल्य सूचकाङ्कअनुसार खाद्य मुद्रास्फीति अघिल्लो महिना १०.७६ प्रतिशत रहेकोमा जुन महिनामा केही घटेर १०.४२ प्रतिशतमा झरेको छ ।
गैरखाद्य वस्तुको मुद्रास्फीति मार्चमा ९.१९ प्रतिशत रहेकोमा जुनमा घटेर ९.१५ प्रतिशतमा झरेको छ ।
आर्थिक वर्ष २०२३/२४ (सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्म) मा देशको औसत मुद्रास्फीति ९।७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षको बजेट लक्ष्य ७.५ प्रतिशतभन्दा धेरै बढी हो ।
अघिल्लो आर्थिक वर्षमा बङ्गलादेशको समग्र मुद्रास्फीति ९.०२ प्रतिशत रहेको थियो । बङ्गलादेशको संसद्ले गत जुन ३० मा आर्थिक वर्ष २०२४/२५ का लागि ७.९७ ट्रिलियन टाका (६८ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट पारित गरेको थियो ।
आर्थिक वर्ष २०७/७७ को बजेट प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ का लागि ६.५ प्रतिशत रहेको मुद्रास्फीति दरलाई संशोधन गरी छ प्रतिशत कायम गरिएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया