कविता : जीवन पनि एक बेरुजु रहेछ
जीवन पनि एक बेरुजु रहेछ
मेरो आफ्नै मन,
मन भित्रको मन पनि त बेरुजु रहेछ,
कति कुरा समयमै फर्छौट नगरी
बेरुजु बनी वर्षौं बसि रहेछन् ।
समयमै रुजू गर्न खोजेका
प्रक्रिया र विवरण नमिली बसेका,
मनका फारामहरू
मनका मथिङ्गलहरू
बाझिएका विचारहरू रुजू खोजी रहेछन् ।
जीवनका आशा र भरोसाको बिस्कुनहरू सुकाउन
विगतका धरातलमा नमिलेका,
हिसाबका वासलातहरू
अनियमित रकम कलमहरू
समय मै सम्परीक्षण चाही रहेछन् ।
जीवनका सङ्घर्षका मटानहरूमा
कारबाहीमा टुङ्गो नलागेका दुःखहरू,
आशामा थपिएका किरणहरू
म्याद नाघेका अङ्कहरू
बाँकी रहेका बक्यौताहरू ।
नियमित हुनुपर्ने गरी
सुरक्षित जीवन खोजी रहेछन् ।।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया