कविता : जीवन पनि एक बेरुजु रहेछ
जीवन पनि एक बेरुजु रहेछ
मेरो आफ्नै मन,
मन भित्रको मन पनि त बेरुजु रहेछ,
कति कुरा समयमै फर्छौट नगरी
बेरुजु बनी वर्षौं बसि रहेछन् ।
समयमै रुजू गर्न खोजेका
प्रक्रिया र विवरण नमिली बसेका,
मनका फारामहरू
मनका मथिङ्गलहरू
बाझिएका विचारहरू रुजू खोजी रहेछन् ।
जीवनका आशा र भरोसाको बिस्कुनहरू सुकाउन
विगतका धरातलमा नमिलेका,
हिसाबका वासलातहरू
अनियमित रकम कलमहरू
समय मै सम्परीक्षण चाही रहेछन् ।
जीवनका सङ्घर्षका मटानहरूमा
कारबाहीमा टुङ्गो नलागेका दुःखहरू,
आशामा थपिएका किरणहरू
म्याद नाघेका अङ्कहरू
बाँकी रहेका बक्यौताहरू ।
नियमित हुनुपर्ने गरी
सुरक्षित जीवन खोजी रहेछन् ।।
ताजा अपडेट
-
क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?


प्रतिक्रिया