NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

चलखेलको आशंकापछि देउवा भेट्न बूढानीलकण्ठ पुगे ओली

काठमाडौं । नयाँ सरकार गठनको मिति नजिकिदै जाँदा प्रमुख दलका नेताहरूको दौडधुप तीव्र हुँदै गएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साना दलहरुसँगको गठबन्धन बलियो बनाएका छन् भने कांग्रेससँग सहकार्यको प्रस्ताव पनि अघि बढाएका छन् ।

उता आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र एमालेबीच पनि भेटवार्ता बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार बुढानिलकण्ठस्थित शेरबहादुर देउवा निवास पुगेर २ घन्टा छलफल गरेका छन् । अबको सरकार संविधानको धारा ७६(३) अनुसार गठन हुनसक्ने आकलन र ब्याख्या हुन थालेपछि ओली संशकित बनेका हुन् । सोही कारण ओली आफैं देउवालाई भेट्न पुगेका हुन् ।

त्यो अवस्थामा संसदमा प्रमुख दलको नेता प्रधानमन्त्री हुने प्राधवान छ । तर, कांग्रेस र एमालेबीच अब ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिदैछन् । उनले विश्वासको मत पाउने सम्भावना छैन । त्यसपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । त्यसरी आह्वान गर्दा ७६(३) मा जानसक्ने चिन्ता ओलीलाई छ । यसअघि ओलीले नै यस्तो ब्याख्या गरेको भिडियो समेत यतीबेला भाइरल भइरहेको छ ।

अर्काेतर्फ प्रचण्डले ओलीलाई रोकेर कांग्रेससँग गठबन्धन बनाउन प्रयास गरिरहेका छन् । उनले बुधबार मात्र माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत नेताहरूसँग भेटेर यसबारेमा छलफल गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष