पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो
तनहुँ । पृथ्वीराजमार्गअन्र्तगत व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
“ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उनले भने, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।”
पहिराले अस्पतालमा क्षति, सेवा बन्द
तनहुँको भानु नगरपालिका–५ स्थित पुरनडिही अस्पताल भवनमा पहिरो खस्दा सेवा प्रभावित भएको छ । पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
अस्पतालबाट अति आवश्यक आधारभूत सेवामात्र प्रवाह भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालबाट नियमित सञ्चालन भइरहेको प्रयोगशाला सेवा र प्रसूति सेवा भने पूर्ण रूपमा बन्द हुने अस्पतालले एक सूचना निकालेर जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया