स्पेनको पोल्टामा युरो कपको उपाधि
काठमाडौं । स्पेनले चौथो पटक युरो कपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोलान्तरमा रोक्दै स्पेनले उपाधि पोल्टामा पारेको हो ।
स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । विलियम्सले ४७औं र मिकेलले ८६औं मिनेटमा गोल गरेका हुन् ।
इंग्ल्याण्डका लागि कोल पाल्मरले ७३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काए पनि स्पेनलाई रोक्न सकेन ।
योसँगै स्पेन सर्वाधिक युरो कप जित्ने मुलुक बनेको छ । यसअघि सन् १९६४, सन् २००८ र २०१२ मा पनि स्पेनको पोल्टामा युरो कपको उपाधि परेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया