खानेपानीका इन्जिनियर बर्खास्त

काठमाडौं । नेपाल खानेपानी संस्थानका सब–इन्जिनियर सुनिलकुमार पूर्वे बर्खास्त भएका छन् ।
लामो समयदेखि बिनाजानकारी पूर्वे आफू कार्यरत कार्यालयमा अनुपस्थित रहेपछि बर्खास्त भएका हुन् । पूर्वे संस्थानको भैरहवास्थित शाखा कार्यालयमा कार्यरत रहे पनि लामो समयदेखि अनुपस्थित थिए ।
गत असार १९ गते पूर्वेलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न मौका दिइएकोमा सम्पर्कमा नआएकाले खानेपानी संस्थन कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली, २०४९ को विनियम ३५(क) बमोजिम उनलाई सेवाबाट हटाइएको संस्थानद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया