खानेपानीका इन्जिनियर बर्खास्त
काठमाडौं । नेपाल खानेपानी संस्थानका सब–इन्जिनियर सुनिलकुमार पूर्वे बर्खास्त भएका छन् ।
लामो समयदेखि बिनाजानकारी पूर्वे आफू कार्यरत कार्यालयमा अनुपस्थित रहेपछि बर्खास्त भएका हुन् । पूर्वे संस्थानको भैरहवास्थित शाखा कार्यालयमा कार्यरत रहे पनि लामो समयदेखि अनुपस्थित थिए ।
गत असार १९ गते पूर्वेलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न मौका दिइएकोमा सम्पर्कमा नआएकाले खानेपानी संस्थन कर्मचारी सेवा शर्तसम्बन्धी विनियमावली, २०४९ को विनियम ३५(क) बमोजिम उनलाई सेवाबाट हटाइएको संस्थानद्वारा जारी सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया