४ वर्षदेखि रोकिएको त्रिवि उपप्राध्यापकको लिखित परीक्षा भदौ ५ बाट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको उपप्राध्यापक पदमा आगामी भदौ ५ गतेबाट परीक्षा सञ्चालन हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले ०७७ फागुन र ०७८ असार १५ गते खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी विभिन्न विषयका उपप्राध्यापक माग गरेकोमा विशेष कारण देखाउँदै लिखित परीक्षा स्थगन गरेको थियो । उक्त स्थगित परीक्षा आगामी भदौ ५ देखि विभिन्न चरणमा सञ्चालन गर्न लागिएको त्रिवि सेवा आयोगको कार्यालयले जनाएको छ ।
आयोगका अनुसार, प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयको परीक्षा सञ्चालन हुनेछ भने अन्य अध्ययन संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका क्रमशः आयोगको वेबसाइटमा प्रकाशन हुनेछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया