पुँजीबजारमा लगानी गर्नुअघि जान्नैपर्ने कुराहरू
काठमाडाैं । नेपाली पुँजीबजारमा लगानी गर्नेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । सेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या जुन संख्यामा बढेको छ, त्यो संख्यामा लगानीकर्ताहरु सेयर जारी गर्ने कम्पनीप्रति गम्भिर भएर लगानी गरेको देखिँदैन ।
धेरैजसो लगानीकर्ताहरु प्राथामिक सेयर अर्थात आइपिओको माध्यमबाट पुँजीबजारमा प्रवेश गर्छन् । प्राथामिक बजारमा प्रवेश गर्दा आइपिओको माध्यमबाट जाने हुँदा कम्पनीको वित्तिय विवरण नहेरी लगानी गर्दा खासै फरक पर्दैन । तर दोस्रो बजारमा जाँदा भने लगानीकर्ताले कम्पनी छनोटमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
सेयर निष्काशन गर्नुअघि हरेक कम्पनीले वित्तिय विवरण प्रकाशित गरेको हुन्छ, जुन त्रैमासिक, वार्षिक हुन सक्छ । धेरैले पुँजीबजारमा लगानी गर्ने भएपनि सेयरमा आवेदन दिनुअघि कम्पनीले जारी गरेको वित्तिय विवरण पढ्ने गरेको पाइँदैन । धेरैले वित्तिय विवरण के हो भन्नेसम्म बुझेका हुँदैनन् ।
वित्तिय विवरण नहेरीकन लगानी गर्दा आफ्नो लगानी जोखिममा पर्न सक्छ । उदाहरणको लागि केही दिन अघि धितोपत्र बोर्डबाट आइपिओ निष्काशनको लागि अनुमति पाएर पनि रोक्का भएको कम्पनी रिलायन्स रिलायन्स स्पिनिङ मिल्सलाई लिन सकिन्छ । उक्त कम्पनीको वित्तिय विवरण बोर्डमा आइपिओ निष्काशन अनुमति लिने बेलामा एउटा र निष्काशनको अनुमति पाइसकेपछि फरक विवरण सार्वजनिक भएसँगै विवादमा परेको हो । कम्पनीले आइपिओको लागि अनुमति पाइसकेपछि खराब वित्तिय सूचकहरु सार्वजनिक गरेको थियो । यदि लगानीकर्ताले यसबारे चासो नदेखाएको भए, आवाज नउठाएको भए, यस कम्पनीबाट धेरैले आफ्नो लगानी गुमाउनुपर्ने हुन सक्थ्यो । भन्नुको मतलब लगानीको निर्णय लिनुअघि वित्तिय विवरण हेर्नु अति आवश्यक छ ।
नेपालवाच डटकम र फाइनान्यिल लिट्रेसी नेपालको सहकार्यमा निर्मित नियमित टेलिभिजन ‘कार्यक्रम कुरा पैसाको’ यो एपिसोडमा हामीले वित्तिय विवरण के हो, किन हेर्ने, किन महत्वपूर्ण छ, वित्तिय विवरणमा हेर्न छुट्याउनै नहुने के के होलगायत विषयमा केन्द्रित रहेर नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले चार्टड एकाउन्टेन्ट(सिए) ध्रुव अधिकारीसँग गरेको कुराकानीको पूरा भिडियो हुर्नुहोस् :
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया