प्रहरी अस्पतालका इन्स्पेक्टरलाई गृहको सातदिने स्पष्टीकरण
काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. पवन श्रेष्ठलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
डा. श्रेष्ठ बिनाजानकारी कार्यरत कार्यालयमा अनुपस्थित रहेपछि गृहले उनलाई सातदिने स्पष्टीकरण सोधेको हो ।
गत वैशाख २ गते १५ दिनको घरबिदा स्वीकृत गराएका श्रेष्ठ वैशाख २३ देखि अस्पतालमा हाजिर हुन आउनुपर्नेमा अहिलेसम्म सम्पर्कमा नआएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रहरी नियमावली, २०७१ अनुसार प्रक्रिया पूरा गरी यसअघि कार्यालयमा उपस्थित हुन उनको नाममा सूचना टाँस गरिएको थियो । त्यसलाई समेत बेवास्ता गर्दै डा. श्रेष्ठ सम्पर्कमा नआएपछि गृहले सातदिने स्पष्टीकरण सोधेको हो ।
गृहले सात दिनभित्र कार्यरत कार्यालयमा चित्तबुझ्दो जवाफसहित सम्पर्क गर्न सूचित गर्दै अन्यथा प्रहरी नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । प्रहरी नियमावलीको यो नियममा कुनै पनि प्रहरी बिना जानकारी गैरहाजिर भएको स्थितिमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने



प्रतिक्रिया