NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २७ गते

नेपालीको इतिहास गर्व गर्न योग्य छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन् ।

इञ्जिनियर दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताए। देशलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा देखिएका विद्यमान समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । “आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ”, उनले भने ।

अहिले देशको अवस्था जस्तो भए पनि भविष्य भने उज्वल रहेको प्रधानमन्त्री ओलीले बताए । यसमा कुनै शङ्का नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गरे । “देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ । यसमा कुनै शङ्का नगरी देश निर्माणका सबै एकजुट भएर लाग्नुपर्छ”, उनले भने ।

प्रधानमन्त्री ओलीले इञ्जिनियर देश बनाउने हात भएकाले देश निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरु देखाउन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा जोड दिए । उनले सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

ताजा अपडेट

नेपालवाच विशेष