न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयको प्रदर्शन
काठमाडौं । काठमाडौंको नयाँ सडक (न्युरोड) स्थित फुटपाथ विस्तारविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।
उच्च अदालत, पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार कार्य अघि बढाएपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन् ।
फुटपाथ विस्तारविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयले अहिले काठमाडौं महानगरपालिका र यसका प्रमुख बालेन शाहविरुद्ध नाराबाजी गरिरहेका छन् ।
स्थानीय विरोधमा उत्रिएपछि अहिले न्युरोड क्षेत्रमा सुरक्षाकर्मी बाक्लो रूपमा खटाइएको छ ।
काठमाडौं महानगरपालिकाले यसअघि नै न्युरोडमा फुटपाथ विस्तार थाले पनि संघीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर अवरोध गरेको थियो । लगत्तै काठमाडौं महानगरपालिका सडक डिभिजन कार्यालयविरुद्ध उच्च अदालत, पाटन गएकोमा उसले फुटपाथ विस्तारमा अवरोध नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालतको आदेशपछि महानगरपालिकाले काम थाले पनि स्थानीय पुनः त्यसको विरोधमा उत्रिएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया