न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयको प्रदर्शन
काठमाडौं । काठमाडौंको नयाँ सडक (न्युरोड) स्थित फुटपाथ विस्तारविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।
उच्च अदालत, पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार कार्य अघि बढाएपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन् ।
फुटपाथ विस्तारविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयले अहिले काठमाडौं महानगरपालिका र यसका प्रमुख बालेन शाहविरुद्ध नाराबाजी गरिरहेका छन् ।
स्थानीय विरोधमा उत्रिएपछि अहिले न्युरोड क्षेत्रमा सुरक्षाकर्मी बाक्लो रूपमा खटाइएको छ ।
काठमाडौं महानगरपालिकाले यसअघि नै न्युरोडमा फुटपाथ विस्तार थाले पनि संघीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर अवरोध गरेको थियो । लगत्तै काठमाडौं महानगरपालिका सडक डिभिजन कार्यालयविरुद्ध उच्च अदालत, पाटन गएकोमा उसले फुटपाथ विस्तारमा अवरोध नगर्न अन्तरिम आदेश दिएको छ ।
उच्च अदालतको आदेशपछि महानगरपालिकाले काम थाले पनि स्थानीय पुनः त्यसको विरोधमा उत्रिएका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया