प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादीको निर्णय
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सङ्घीय संसद्मा सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले आफ्ना विषय राख्ने निर्णयसमेत गरेको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको छ ।
प्रतिपक्षी दलहरुलाई साथमा लिएर जनसरोकार र राष्ट्रिय हितका विषयमा सशक्त रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादीले निर्णय गरेको उनले जानकारी दिए।
संसदीय दलको बैठकमा संसदीय दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्था र संसद्मा सांसदहरुले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।
ताजा अपडेट
-
स्ट्रेट अफ होर्मुजमा तनाव: अमेरिकी हेलिकोप्टर खसालिएपछि इरानको केशम टापुमा अमेरिकाको जवाफी हमला
-
तीन वर्षभित्र संरचना निर्माण गरी जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा
-
पर्यटन आम्दानीमा सामान्य गिरावट, सेवा खातामा ६८ अर्बभन्दा बढी घाटा
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स


प्रतिक्रिया