‘स्टन्ट’ आँटको पर्याय हो, सके तपाईंहरु पनि गर्नुस : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले आफूलाई लागिरहने ‘स्टन्टबाजी’ को ट्यागबारे सदनबाटै जवाफ दिएका छन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओलिलाई पार्टीले विश्वासको मत नदिने जानकारी गराउने क्रममा उनले यो ट्यागबारे पनि अभिव्यक्ति दिएका हुन् । उनका अनुसार स्टन्टको पर्याय आँट हो । आफूले त्यसलाई आँट, विधि, न्याय र साहस भन्ने हुँदा सके अरुलाई पनि स्टन्ट गर्न उनले चुनौतीसमेत दिएका छन् ।
जुन ढंगले सरकार बन्यो र जस्तो संकेत सुरुवातमा बन्यो त्यसले आफूहरुलाई झस्काको उनले बताए । जहाँ–जहाँ आफूले प्रश्न उठायो त्यहाँ– त्यहाँ पुरस्कार दिने वातावरण बनेपछि झस्किएको उनको दाबी छ । बालमन्दिर, भुटानी शरणार्थी प्रकरणलाई उदाहरणको रुपमा पेश गर्दै उनले रोस्टममार्फत यस्तो बताएका हुन् ।
सभापति लामिछानेले २५ वटा ठूला काण्डमा समिति बनाएर छानविन गर्ने भनेर आफूले गृहमन्त्री तथा उपप्रधानमन्त्री हुँदा गरेको निर्णयलाई निरन्तरता दिन पनि उनले सरकारलाई आग्रह गरेका छन् । ०३४ वर्षमा देशमा यत्तिको निराशा आफूले कहिल्यै नदेखेको र यत्तिका समय देशको हरिविजोग बनाएको भन्दै उनले कांग्रेस र एमालेलाई इंकित गरे ।
सदनलाई विरोधका नाममा सुन्न पनि नसकिने बहस हुन थालेको जुन गम्भीर भएको उनले बताए । उपसभामुख इन्दिरा राना मगरमाथि सदन यति निमर्म भएको उनको आशय थियो । जेलमा रहेका बाबुआमाका बालबालिकालाई पढाउने रानालाई मानव तस्करको आरोप लगाएर सदन निर्मम बनेको उनले बताए ।
३४ वर्षसम्म कांग्रेस र एमालेको छवि देखिसकेको र अब केही देख्न बाँकी नभएको बताउँदै उनले बलिदानको नाममा देशकै हुर्मत नलिन पनि सत्तापक्षलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया