ओलीलाई नेपालले भने : आफू स्वर्गतिर लाग्यो,अर्कोलाई लात्ती हानेर नर्क पुर्यायो
काठमाडौं । नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ग नर्क जहाँ गएपनि सँगै जाने कसमको भूलभुलैया सिर्जना गरेको आरोप लगाएका छन् ।
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसँग यस्तो वाचा गरेर अन्तिममा गठबन्धन भत्काएको भन्दै उनले यस्तो बताएका हुन् । आज प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले ओलीले अन्तिममा आफू स्वर्गतिर लागेर अर्कोलाई लात्ती हानेर नर्क पुर्याएको बताए । योसँगै उनले ओलिलाई आत्मालोचना गर्नसमेत इंकित गरेका छन् ।
प्रधानमन्त्रीका रुपमा ओलीलाई नेकपा एसले विश्वासको मत नदिने उनले बताइसकेका छन् । यो नयाँ गठबन्धनको आवश्यकता र औचित्य र उद्देश्यबारे सदन बल्ल जानकार भएकोबारे पनि उनले प्रश्न उठाएका छन् ।
नियत खराब नभएको भए मध्य रातमा छलफल गरेर उद्देश्य गुपचुप राखेको र एजेण्डा मिल्नेसँग सरकार नबनाएको भन्दै उनले शंका व्यक्त गरेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया