NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २७ गते

राजनीति स्थिर नहुनुको पछाडि ठूला दल जिम्मेवार : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले समानुपातिक, समावेशी सिद्धान्तका पक्षमा आफू रहेकाले त्यसका विरुद्ध नजाने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकमा राजनीतिक स्थिरता नहुनुको पछाडि ठूला दल नै जिम्मेवार रहेको आरोप लगाए ।

समस्या साना दल र समावेशी समानुपातिक प्रतिनिधित्वमा नभएको उल्लेख गर्दै उहाँले ठूला दल यसतर्फ गम्भीर नहुँदा समस्या आएको बताए ।  अध्यक्ष लिङ्देनले संविधानमा देखिएका केही विषय सम्बोधन गर्नुपर्ने भए पनि पछिल्ला दिनमा आएका विषयहरुमा आफ्नो सहमति नभएको धारणा राखे । पछिल्लो राजनीतिक अवस्थाका कारण जनतामा दल र नेताप्रति सकारात्मक नभएको तर्क गरे ।

सांसद लिङ्देनले नयाँ समझदारी बनाएर अगाडि बढेमात्रै मुलुकका विद्यमान समस्या समाधान हुँदै जाने आवश्यकता औँल्याए । उनले आफ्नो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने संसद्मार्फत जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष