सर्लाहीमा पूर्वराज्यमन्त्रीको हत्या

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित घरमा बसिरहेका उनको गएराति हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता डिएसी दीपक श्रेष्ठले पहिचान नखुलेको समूहले धारिलो हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या गरेको पुष्टि गरे ।
तीन दशकअघि राप्रपाबाट राज्यमन्त्री बनेका राय सर्लाहीमा बसोबास गर्दै आइरहेका थिए ।
ताजा अपडेट
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
-
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै
-
आजको मौसम : ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
प्रतिक्रिया