प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग गर्ने एक जना पक्राउ

कास्की । प्रहरी हुँ भन्दै धम्की दिई रकम माग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्रीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई लामाचौर कास्कीबाट पक्राउ गरेको हो क्षेत्रीले सामाजिक संजालमार्फत् सम्पर्कगरी विभिन्न व्यक्तिहरूलाई ‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरूको केही काम छ भने भन्नुहोस् गरिदिन्छु’ भनी रकम माग गर्ने गरेका थिए ।
उनीउपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिन म्याद थपगरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया