धनीदेखि गरिबसम्मले बचत गर्ने तरिका
काठमाडाैं । बचत गर्ने बानी छ ? या चाहेर पनि बचत गर्न सकिरहनुभएको छैन ? धेरै जनाले आम्दानीभन्दा बढी खर्च हुने भएकाले बचत गर्न नसकेको गुनासो राखिरहेका हुन्छन् । तर के बचत गर्नै नसक्ने हो ? वित्तीय साक्षरता प्रशिक्षक उमा बोहरा बचत बचत गर्नै नसक्ने कुरामा असहमित जनाउँछिन् । बोहरा आम्दानी अनुसार बचत गर्न सक्ने बताउँछिन् ।
‘आजको दिनमा नेपालको धनी मान्छेको तुलना गरेर बचत गर्ने होइन । आजको दिनमा हाम्रो अबस्था के छ, हाम्रो आम्दानी के छ ? त्यहीआम्दानीअनुसारको हाम्रो बचत हुनुपर्छ, त्यस्तै बोहरा बचत गरेको पैसा उपयुक्त ठाउँमा लगानी गर्नुपर्ने सुझाब दिन्छिन् ।
त्यस्तै वित्तीय साक्षरता प्रशिक्षक मुराली प्रसाद लम्सालले बचत आम्दानीको स्रोत एकभन्दा बढी हुनुपर्ने बताए । आजको दिनमा तलबभन्दा बढी खर्च हुने भएकाले बचत गर्नको लागि आम्दानीको स्रोतहरु थप्दै जानुपर्ने विचार राख्छन् ।
त्यसका लागि बिहान बेलुकाको खाली समयमा पार्ट टाइम जब सुरु गर्न सकिने उनको सुझाब छ ।
आज बचत गर्न सकियो भने भोलि भरीपरी आउने समस्या समाधान गर्न सजिलो हुन्छ । आजको हजार लगानी भोलिको हजारौँ हजार हुन्छ । बचत गर्दा हामीले राम्रो प्रतिफल दिन सक्ने ठाउँमा लगानी गर्नुपर्छ ।
नेपालवाच र फाइनान्सिलय लिट्रेसी नेपालको सहकार्यमा निर्मित टेलिभिजन कार्यक्रम ‘कुरा पैसाको’ यो एपिसोडमा बचत कसरी गर्न सकिन्छ, कसरी कमाउने, कसरी धनी हुनेलगायत विषयमा केन्द्रित छ । सो विषयमा केन्द्रित भएर बैंकर संघ नेपालको पूर्व अध्यक्ष भुबन दाहालले वित्तीय साक्षरता प्रशिक्षक मुराली प्रसाद लम्सालले गरेको कुराकानीको पूरा भिडियो हेर्नुहोस् :
प्रतिक्रिया