१९ जना सवार थिए दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना सवार रहेको खुलेको छ। सो जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परी आगलागी भएको थियो । उद्धार कार्य जारी रहेको नागरिक उड्डयन कार्यालयका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ०२ रनवेबाट चिप्लिएको जहाज विमानस्थलको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
सो जहाज मर्मतका लागि पोखरा लैजान लागिएको थियो । जहाजमा यात्रु नभई चालक दलका सदस्य र एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ ।
दुर्घटनामा परेर आगलागी भएको जहाज टुक्रा टुक्रा भएको छ । गृहमन्त्री रमेश लेखक समेत घटनास्थल पुगेका छन् ।
बिहान ११ बजेर १० मिनेटको समयमा दुर्घटना भएको हो ।
को को सवार थिए विमानमा ?
ताजा अपडेट
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै
-
स्ट्रेट अफ होर्मुजमा तनाव: अमेरिकी हेलिकोप्टर खसालिएपछि इरानको केशम टापुमा अमेरिकाको जवाफी हमला
-
तीन वर्षभित्र संरचना निर्माण गरी जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा
-
पर्यटन आम्दानीमा सामान्य गिरावट, सेवा खातामा ६८ अर्बभन्दा बढी घाटा




प्रतिक्रिया