NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १६ गते

१९ जना सवार थिए दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा  १९ जना सवार रहेको खुलेको छ। सो जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा परी आगलागी भएको थियो । उद्धार कार्य जारी रहेको नागरिक उड्डयन कार्यालयका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ०२ रनवेबाट चिप्लिएको जहाज विमानस्थलको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

सो जहाज मर्मतका लागि पोखरा लैजान लागिएको थियो । जहाजमा यात्रु नभई चालक दलका सदस्य र एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ ।

दुर्घटनामा परेर आगलागी भएको जहाज टुक्रा टुक्रा भएको छ । गृहमन्त्री रमेश लेखक समेत घटनास्थल पुगेका छन् ।

बिहान ११ बजेर १० मिनेटको समयमा दुर्घटना भएको हो ।

को को सवार थिए विमानमा ?