दुर्घटना परेको सौर्य एयरलाइन्सको जहाज क्षतविक्षत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाज क्षतविक्षत भएको छ । जहाजमा चालकदलका सदस्यसहित १९ जना सवार थिए ।
मर्मतका लागि पोखरा जान लागेको जहाज रनवेबाट चिप्लिएर विमानस्थलको पूर्वतर्फको भागमा बज्रिएको थियो । जहाज क्याप्टेन मनिष शाक्यले उडाएका थिए । उनको उद्धार गरी नेपाल मेडिकल कलेजमा लगेर उपचार भइरहेको छ ।
दुर्घटनामा परेको विमानबाट १३ जनको शव निकालिएको छ । विमानमा सवारहरु एयरलाइन्सकै प्राविधिक कर्मचारीहरु थिए । । बिहान ११ बजेर १० मिनेटमा दुर्घटना भएको हो । रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएपनि कारण खुल्न सकेको छैन ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया