सौर्य एयरको विमान दुर्घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
सौर्य एयरलाइन्सको ‘नाइन एन एएमई सिआरजे सेभेन’ को विमान विमानस्थल परिसरभित्र दुर्घटना हुँदा सौर्य एयरलाइन्सका कर्मचारी र प्राविधिक सवार १८ जनाको मृत्यु र पाइलट गम्भीर घाइते भएका छन् ।
सभापति देउवाले दुर्घटनामा दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामनाका साथै शोकाकुल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
-
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रतिक्रिया