सम्झौताअनुरूप काम नगर्ने एक विदेशीसहित १५ निर्माण कम्पनीलाई स्पष्टीकरण
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण कम्पनी तथा फर्ममाथि कारबाही प्रक्रिया अघि बढाएको छ । सम्झौताअनुरूप काम नगरेको उल्लेख गर्दै यी कम्पनी तथा फर्मलाई कालोसूचीमा राख्न विभिन्न सरकारी निकायले अनुरोध गरेपछि कार्यालयले सातदिने स्पष्टीकरण सोधेर आवश्यक प्रक्रिया थालेको हो ।
विभिन्न सरकारी निकायले १५ निर्माण तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न लेखी पठाएपछि कार्यालयले उनीहरूको ठेगानामा कालोसूचीमा राख्न नपर्ने कारण भए ३० दिनभित्र पेश गर्न पत्राचार गरेको थियो । उक्त अवधिमा उनीहरूले जवाफ पेश नगरेपछि सातदिने स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।
स्पष्टीकरण सोधिएका निर्माण तथा आपूर्ति कम्पनीमा आर.आर कन्स्ट्रक्सन प्रालि, सेक्टर कन्सलटेन्ड एण्ड डेभलपर्स, ज्योति निर्माण सेवा र युभी इन्जिजिनीयरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालि, विमोर निर्माण सेवा, महिमा कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन र सत्यश्वर कन्स्ट्रक्सन प्रालि छन् । यसमध्ये युभी इन्जिनीयरिङलाई तीन वटा निकायले कालोसूचीमा राख्न प्रस्ताव गरेका छन् ।
त्यसैगरी, सुदर्शन निर्माण सेवा, संयुक्त अरब इमिरेट्सको एसटिके ग्लोबल एफजेसी, रक्षा कन्स्ट्रक्सन र नेपाल विल्डर्सलाई पनि कार्यालयले स्पष्टीकरण सोधेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै



प्रतिक्रिया