जसपा र आम जनता पार्टीद्वारा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली
काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज शोक विज्ञप्ति जारी गर्दै उक्त विमान दुर्घटना परी मृत्युहुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदन प्रकट गरेका छन् ।
विमान दुर्घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुका साथै घाइतेको उपचार र मृतकका परिवारजनलाई क्षतिपूर्ती उपलब्ध गराउन जसपाले सरकार समक्ष माग गरेको छ ।
आम जनता पार्टीले पनि विमान दुर्घटनामा मृत्युभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । सो पाटीले एक विज्ञप्ति जारी गर्दै घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बुधबार विहा काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग–२ बाट टेकअफ गर्ने बित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते पाइटलको उपचार भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया