अवैध रकम समाउन खोज्दा गुप्तचरका कर्मचारी कुटिए
बाँके । स्रोत नखुलेको रकम बरामद गर्ने क्रममा राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का कर्मचारी कुटिएका छन् ।
नेपालगन्ज–४ स्थित कलपत्रु होटलमा सञ्चालित ‘एसएन ब्लु गेमिङ क्लब’ (क्यासिनो)का महाप्रबन्धक अर्जुन खनालको समूहले नेपाल–भारत सिमानाका जमुनाहास्थित चेकपोष्ट नजिकै राष्ट्रिय अनुसन्धान विभागका सूचक अर्जुन खड्कामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
सुराकीको आधारमा सूचक खड्काले स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गर्दा आक्रमण भएको हो । खड्काको अनुहार लगायतका भागमा चोट लागेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) तुलबहादुर कार्कीका अनुसार सूचक खड्कामाथि आक्रमण गर्ने नुुवाकोट घर भई नेपालगन्जस्थित क्यासिनो सञ्चालन गर्ने अर्जुन खनाललाई पक्राउ गरिएको छ । स्रोतका अनुसार प्रहरीकै अगाडिबाट उनीमाथि कुटपिट गरी १८ लाख लगिएको थियो । यसमा अन्य सुरक्षा निकायको भूमिका शंकास्पद देखिएको छ ।
ताजा अपडेट
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै


प्रतिक्रिया