त्रिवेणीका पहिरोपीडितलाई विद्यालयमा सारियो
त्रिवेणी । सानीभेरी गाउँपालिक-७ र ८ का पहिरोपीडित नौ परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ ।
गाउँपालिका–७ को पोखरेल गाउँमा बिहीबारको पहिरोले नैनी पुनको दुईतले चारकोठे कच्ची घर पूर्ण रूपमा क्षति पुर्याएको छ भने सोही गाउँका आठ घर पनि पहिरोको चपेटामा परेका छन् ।
तीसँगै वडा नं ८ सार्कीडेराका एक घर गरी नौ घरका विस्थापितलाई विद्यालयमा स्थानान्तरण जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
विस्थापित आठ घरपरिवारलाई सानीभेरी गाउँपालिका–८ को बालकल्याण आधारभूत विद्यालय भवनमा स्थान्तरण गरिएको र एक घरपरिवारलाई छिमेकीको घरमा आश्रय दिइएको समितिका संयोजक प्रमुख जिल्ला जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
ताजा अपडेट
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै


प्रतिक्रिया