पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै डा.ढकालले दिए निर्वाचन आयोगमा निवेदन
काठमाडौँ । डा मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उनले आज आयोगमा निवेदन दर्ता गराएका हुन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिए ।
डा ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक भएको र रास्वपाका कुनै पनि निर्णय सदर नगर्न आग्रह गर्दै आयोगमा निवेदन दिएको बताए । उनले अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेकोसमेत प्रतिक्रिया दिए ।
“संविधानको धारा २६९ ९४० र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८(२) अनुसार मलाई पार्टीले गरेको कारबाही अवैधानिक छ । कारबाही अवैधानिक भएकाले मेरो हस्ताक्षरबिना पार्र्टीका निर्णय अद्यावधिक गर्न आए नगर्नु त्यो अवैधानिक छ भनेर निवेदन दिएको छु”, उनले भने ।
रास्वपाको केन्द्रीय समितिको बैठकले गत असार २५ गते डा ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र र पार्टीहितविपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको भन्दै पदमुक्त गरेको थियो ।
ताजा अपडेट
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै
-
स्ट्रेट अफ होर्मुजमा तनाव: अमेरिकी हेलिकोप्टर खसालिएपछि इरानको केशम टापुमा अमेरिकाको जवाफी हमला
-
तीन वर्षभित्र संरचना निर्माण गरी जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा
-
पर्यटन आम्दानीमा सामान्य गिरावट, सेवा खातामा ६८ अर्बभन्दा बढी घाटा


प्रतिक्रिया