NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

२२ सचिवको सरुवा, अर्थमा घिमिरे, अख्तियारमा उपाध्याय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ सचिवको सरुवा गरेको छ । सरुवामा महत्वपूर्ण मन्त्रालयका सचिवहरु फेरिएका छन् ।
अर्थसचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । त्यहाँ कार्यत मधु मरासिनीको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।
त्यस्तै, श्रम मन्त्रालयमा कार्यरत घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । मुकुन्द निरौला श्रम सचिव बनेका छन् ।

अख्तियारमा कार्यरत रामेश्वर दंगाल रक्षा सचिव बनेका छन् ।  रक्षा सचिव किरणराज शर्माको वित्त आयोगमा सरुवा भएको छ ।  राजश्व सचिवमा दिनेश घिमिरेको सरुवा भएको छ।

सूचना तथा सञ्चार मन्त्रालयमा राधिका अर्याल तथा लोक सेवा आयोगमा डिल्लीराम शर्मालाई पठाइएको छ।

मधुसुदन बुर्लाकोटी बाणिज्य र भरतमणि सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ।

सञ्चार सचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक अनुगमन कार्यालयमा पठाइएको छ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको भने सरुवा भएको छैन ।

सोमबारकै बैठकले १८ देशमा राजदूत नियुक्तिको निर्णय पनि गरेको छ।

तीन प्रदेश प्रमुख हटाइए, नयाँ नियुक्त
सोमबारको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेशका प्रदेश प्रमुखहरु बर्खास्त गरेको छ । बागमतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियालाई हटाएर नयाँ नियुक्ति गरिएको छ । शर्मा एकीकृत समाजवादी र अन्य दुई माओवादीको सिफारिसमा नियुक्त भएका थिए ।

बागमतीमा दिपक देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालमिा यज्ञराज जोशी नियुक्त भएका छन् ।