सन्दीप र दीपेन्द्र आबद्ध टिमको लगातार तेस्रो हार
काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले ग्लोबल ट्वान्टी–२० क्यानडा क्रिकेट लिगमा लगातार चौथो हार व्यहोरेको छ ।
लिगको आफ्नो चौथो खेलमा ब्राम्पटन वुल्भ्समाथि जित निकाल्ने लक्ष्यसहित भ्यानकुभर मैदानमा उत्रिएको थियो । तर वुल्भ्ससँग ६ विकेटले स्तब्ध बन्यो ।
पहिले ब्याटिङ गरेको भ्यानकुभरले १५० रनको लक्ष्य दिएकोमा ब्राम्पटनले ११ बल बाँकी छँदै मात्रै चार विकेटमा त्यसलाई भेट्टायो ।
खेलमा ब्राम्पटनका ब्यू वेभस्टर तीन छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक ४९ रन जोड्दै अविजित रहे । त्यस्तै, कप्तान डेभिड वार्नरले २५, जर्ज मुन्सेले २० रन र निक होब्सनले ३७ रन जोडे ।
खेलमा सन्दीपले एक विकेट झारे भने ४ ओभरमा १८ रन खर्चेका दीपेन्द्रले कुनै विकेट लिन सकेनन् ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको भ्यानकुभरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४९ रन बनाएकोमा रिची बेरिंगटनले सर्वाधिक ३८ रन जोडे । रिजा हेन्ड्रिक्सले २७, मुनिर अहमदले २१, उस्मान ख्वाजले १७ रआसिफ अलीले ३६ रन बनाए ।
ब्राम्पटनका थोमस ड्राकाले सर्वाधिक दुई विकेट लिँदा एन्ड्रयु टाई र ब्यू वेभस्टरले समान एक विकेट लिएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया