टिपरले ज्यान लिएपछि आफन्तले गरे घोराही–तुलसीपुर सडक अवरुद्ध
दाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ ।
दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
यसैबीच, मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया