परराष्ट्र सचिव लम्साल ओमान जाँदै
काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्दै छिन् ।
सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनेछिन् । उनी यही साउन २५ गते स्वदेश फर्कने तालिका छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया