एमाले केन्द्रीय कमिटी उपाध्यक्ष र सदस्यलाई सपथ

काटमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टीमा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएका छन् । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा आज आयोजित कार्यक्रममा उहाँले उपाध्यक्षमा मनोनीत गुरु बराल र अन्य १६ जना केन्द्रीय सदस्यलाई सपथ गराएका हुन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च)मा भएको व्यवस्थाअनुसार मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराएका थिए ।
मनोनीत केन्द्रीय सदस्यहरू सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) रहेका छन् ।
यसैगरी हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (अर्घाखाँची), प्रभा कोइराला (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) मनोनीत केन्द्रीय सदस्यले आजै प्रधानमन्त्री ओलीबाट सपथ लिए ।
नयाँ थपिएका १६ जनासहित अब एमालेमा तीन सय ७४ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष र १६ जना केन्द्रीय सदस्यलाई पार्टी विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया